नेविसंघ अध्यक्ष महर अमेरिका प्रस्थान

नेविसंघ अध्यक्ष महर अमेरिका प्रस्थान

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष नैनसिंह महर अमेरिकामा हुने एक अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। अगस्ट ९ देखि १२ सम्म अमेरिकाको न्यूयोर्कमा हुने अन्तराष्ट्रिय युवा सम्मेलनमा भाग लिन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष महर, महामन्त्री सरोज कुमार थापा एवं अध्यक्षका वैदेशिक सल्लाहकार डम्बर सुनार मंगलबार अमेरिका प्रस्थान गरेका हुन्।

साता दिन लामो भ्रमणका क्रममा युवा सम्मेलन केन्द्रित हुने छ। सम्मेलनमा अध्यक्ष महरले सम्बोधन गर्ने छन्। संयुक्त राष्ट्र संघ युवा सम्मेलनमा नेविसंघको प्रतिनिधित्व भएको यो पहिलो पटक हो।

युवा नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय स्तरमै सम्बोधन गर्ने अवसर प्राप्त भएको छ, आर्थिक स्तरमा निकै अगाढी बढेका मुलुकले नेपालजस्ता राष्ट्रमाका शैक्षिक, सामाजिक विकासमा लाग्नुपर्ने बिषयमा केन्द्रित हुने अध्यक्ष महरले बताए।

अमेरिका बसाइका क्रममा अध्यक्ष महरले उठाउँदै आएका नैतिक शिक्षा, व्यवहारिक शिक्षा संगै विभिन्न शैक्षिक विषयमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिसँग छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.