जिल्ला समन्वय समिति दोलखामा एमाले विजयी
चरीकोट: मंगलबार सम्पन्न निर्वाचन बाट नेकपा एमाले दोलखाका उपसचिब डवल पाण्डे जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएका छन्। उनले १४ भोट ल्याएका छन् भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका कुमार लामाले ४ भोट ल्याएका छन्।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेका नेतृ मनमाया जिरेलले १४ भोट ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी माओवादी केन्द्रका दिपेन्द्र बुढाथोकीले ३ मत ल्याएका छन्।
यस्तै सदस्यहरुमा पनि नेकपा एमालेले एक्लौटी रुपमा विजयी हासिल गरेको छ। निर्वाचीत सदस्यहरुमा आइती तामाङ, कमल कुमारी कार्की, गिता पोखरेल, मुरारीराज शिवाकोटी, युवराज घतानी, विदुर शर्मा र जित बहादुर श्रेष्ठ रहेका छन्। उनीहरुलाई मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले सपथ खुवाएका थिए।
निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुले मंगलबार नै पदभारग्रहण समेत गरेका छन्। पदभारग्रहण पछि बसेको समन्वय समितिको बैठकले ६ बुदे निर्णय समेत गरेको छ।
समन्वय समितिले तामाकोशी ३ आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्न सम्वन्धीत निकायलाई पहल र समन्यव गर्ने, लामाबगर फलाक नाका सञ्चालनको लागि समन्वय गर्ने लगाएतका विषयमा निर्णय गरिएको नवनिर्वाचीत प्रमुख पाण्डेले जानकारी दिए।