उपचारका क्रममा महिला कैदीको मृत्यु
सुरुङ्गा (झापा): झापामा एक महिला कैदी बन्दीको मंगलबार मुत्यु भएको छ।
मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका-२ साविक खुदुनाबारी गाविस-३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मुत्यु भएको हो।
विसं २०७१ चैत ८ गते लागुऔषध मुद्धामा दोषि ठहर भएपछि तारादेवीलाई झापा जिल्ला अदालतले दुई वर्ष कैद सजाय र रु एक लाख जरिवानासहितको सजाय तोकेको थियो।
दुई वर्ष कैद पूरा गरिसकेकी तारादेवीका परिवारले जरिवाना बुझाउन नसकेपछि उनलाई थप चार वर्ष कैद सजाय तोकिएको थियो। रासस