मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मलंगवा : मोटरसाइकलको ठक्करबाट मंगलवार राति सर्लाहीको लालबन्दी नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।ठक्करबाट लालबन्दी नगरपालिका- ६ का ४२ वर्षीय चन्द्रबहादुर थापाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय सर्लाहीले जनाएको छ । सडकमा डुल्दै गरेको अवस्थामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ज १ प ९७८४ नम्बरको मोटरसाइकलले थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी-१५ का श्याम स्याङ्गबो र मोटरसाइकलमा सवार सोही ठाउँका बिचारमान योन्जन घाइते भएका छन् । स्याङ्गबोको समान्य उपचार पश्चात थप उपचारका लागि हेटौडा पठाइएको छ । योन्जनको लालबन्दीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.