धर्तीको सुर्यलाई जोगाउनै गाह्रो : ओली

धर्तीको सुर्यलाई जोगाउनै गाह्रो : ओली

इलामः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशी विदेशी आक्रमणबाट जागाउन निक्कैै मेहनत गर्नुपरी रहेको बताएका छन् ।
प्रदेश नम्बर १ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार इलाम आइपुगेका ओलीले सो कुरा बताएका हुन् ।

‘आकासको सुर्यलाई त एकछिन ग्रहण लाग्छ हट्छ ।' उनले भने ‘धर्तीको सुर्यलाई लाग्ने गरेको ग्रहण हटाउन साह्रै गाह्रो ।' उनले स्वदेशी, विदेशी ग्रहणले एमालेलाई छाप्ने प्रयास गरेको आरोप लगाए । ओलीले एमालेसँग प्रतिस्प्रर्धा गर्न नसकेपछि विपक्षीहरुले कुप्रचारको सहारा लिइरहेको भन्दै नव निर्वाचित प्रतिनिधिहरुलाई सचेत भएर काम गर्न आग्रह गरे ।

उनले एमालेविरुद्ध कतै केहि नपाएपछि राष्ट्रिपतिले गाडी खरिद प्रकरणदेखि काठमाडौंका मेयरले गाडी खरिद प्रकरणको समेत गलत रुपमा प्रचार गरेको आरोप लगाए । उनले दुबै प्रकरणको बचाउ गर्दै उनले भने ‘सबै झुटको सहारा ।'

एमाले प्रष्ट नीति र कार्यदिसा भएको पार्टी भएको भन्दै तिनै कुराले स्थानीय तहमा पहिलो पार्टी हुन सफल भएको दावी गरे । उनले जनप्रतिनिधिहरुले दाग नदेख्ने गरी काम गर्न आग्रह गरे । ‘छोपछाप पारेर, दाग लुकाएर अघि जान सकिदैन' उनले भने । उनले लोकतान्त्रिक मुल्य मान्यतालाई तलमाथी गर्न नदिने बताए ।

एमालेको राष्ट्रियता कसैको विरुद्ध नभएको ओलीले प्रष्ट पारे । एमालेले पारस्परीक लाभ र पारस्परीक सम्मानसहितको सम्बन्धको सम्बन्धको कुरा गरिरहेको उनको भनाई थियो ।

उनले एमालेलाई तराई मदेश विरोधी देखाउन खोजिएको आरोप लगाए । उनले एमाले राष्ट्रिय एकताकोविरुद्धमा नरहको प्रष्ट पार्दै तराई विरोधी कुरा नगरेको जिकीर गरे ।

ओलीले अघिल्ला निर्वाचनहरुमा सत्ताको दुरुपयोग गरेर सरकारले एमाले हराउन प्रयास गरेको आरोप लगाए । उनले भने ‘तपाइहरुलाई विजय हुन नदिनका लागि राज्य सत्ताको, प्रशासनको, राज्यका अंगहरुको र नियम कानुनहरुको उलङ्घन, अलोकतान्त्रीक, अमर्यादित र अनैतिक अस्त्र प्रयोग गर्दा गर्दै विजय गर्नुभएकाले तपाइहरुलाई बधाई ।' उनले जनप्रतिनिधिहरुमा पार्टी र मतदाता प्रतिको उत्तरदायित्व रहेको सम्झाए ।

उनले प्रदेश नबनेकाले कर्मचारी समायोजन लगायतका समस्या रहेपनि अन्तरीम व्यवस्थापन गर्नुपर्ने बताए । कतिपय कुरामा अस्पष्टता रहेपनि साझेदारहरुसँग सहकार्य गरेर व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, महासचिव इश्वर पोख्रेल लगायतको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.