पोखरीमा डुबेर एक बालिकको मृत्यु
राजविराज: सप्तरीको रुपनी गाउँपालिका-५ अन्तर्गत तेरोहतास्थित पोखरीमा बुधबार डुबेर एक बालिकाको मृत्यु भएको छ।
सोही गाउँपालिका-६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए।
उनी खेल्दाखेल्दै सो पोखरीमा डबेको प्रहरीले जनाएको छ। गत साउन २३ गते अमिरिकादेवी रक्षाबन्धन बाँध्नका लागि माइती गएकी थिइन्।
बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस