काभ्रे जिससमा एमाले विजयी
बनेपा : जिल्ला समन्वय समिति( जिसस) काभे्रमा नेकपा (एमाले) को प्यानलै विजय भएको छ। बुधबार धुलिखेलमा भएको जिसस निर्वाचनमा उद्धव केसीको नेतृत्वमा रहेको एमाले प्यानल विजय भएको जिल्ला मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए।
जिसस संयोजकमा एमालेका उम्मेदवार मध्य केसीले १४ मत पाए भने नेपाली कांगे्रस, र माओवादी केन्द्र गठनबन्धनका उम्मेदवार शंखबुद्ध लामाले १२ मत प्राप्त गरे।
त्यस्तै उपप्रमुखमा एमालेकातर्फबाट मञ्जु गौतम, सदस्यहरुमा सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, विकास मग्राती खुल्ला सदस्यमा विजय भएका छन् भने एमालेबाटै महिला सदस्यमा राजकुमारी श्रेष्ठ, मैयाभक्ती श्रेष्ठ र दलित महिला सदस्यमा गिता सुनवार निर्वाचित भएका छन्।
१३ स्थानीय तह रहेको काभे्रमा एमाले ७, कांगे्रस ४ र माओवादी केन्द्र २ तहमा अध्यक्ष उपाध्यक्ष सहित विजयी भएका थिए।