दुई महिना भित्र 'भने अनुसार' काम नभए ठेक्का रद्ध
काठमाडौं: सन् २०१८ को जुन भित्र निर्माण सम्पन्न हुने पर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले दुई महिना भित्र गति नलिए चिनियाँ ठेकेदारसँगको सम्झौता रद्द गर्ने सरकारले चेतावनी दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले काममा ढिला नगर्न निर्देशन दिएको र भने अनुसारको काम नभए बाध्य भएर निर्माण सम्झौता रद्द गर्ने चेतावनी दिए।
बुधबार सार्वजनिक लेखा समितिमा मन्त्री देवले भने, ‘अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ, अब दैनिक दुई सयदेखि दुईसय ५० मजदुर राखेर काम गर्न निर्देशन भएको छ।'
निर्माणका लागि ल्याइएको उपकरणको अधिकतम प्रयोग गर्न र आवश्यक थप 'हेवी इक्युपमेन्ट' समेत ल्याएर काम गर्न आफूले निर्माण कम्पनिलाई निर्देशन दिइसकेको समितिलाई जानकारी दिए।