सार्वजनिक पद धारण गरेकाले राष्ट्रिय ध्वजावाहक प्रयोग गनुपर्ने

सार्वजनिक पद धारण गरेकाले राष्ट्रिय ध्वजावाहक प्रयोग गनुपर्ने

काठमाडौं : सार्वजनिक पद धारण गरेको व्यक्तिले आन्तरिक तथा वाह्य हवाई यात्रा गर्दा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एअरलाइन्स प्रयोग गर्नुपर्ने भएको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पदमा रहेका व्यक्तिलाई सरकारी विमान चढ्न निर्देशन दिएको हो।

समितिको बुधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जयनारायण देवले सरकारी कर्मचारीले सकेसम्म सरकारी विमान चढ्नुपर्ने निर्देशन दिन समितिलाई आग्रह गरेका थिए।

राष्ट्रिय ध्वजावाहकप्रतिको विश्वसनीयता बढाउनका लागि सबै सरकारी पद धारण गर्नेले राष्ट्रिय ध्वजाबाहक प्रयोग गर्नुपर्ने मन्त्री देवको भनाई थियो।

मन्त्रीको आग्रहपछि समितिले सार्वजनिक पदधारण गरेको राजनीतिक र प्रशासनिक व्यक्तिले आन्तरिक तथा बाह्य उडानका क्रममा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नै प्रयोग गर्न सरकारलाई निर्देशन गरेको हाे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.