बाबुराम अस्पतालबाट डिस्चार्ज
भक्तपुर: मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किएका छन् ।
डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो। उनको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ।
आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले बुधबार भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। रासस