'पार्टीलाई क्लब जस्तो बनाइयो'

'पार्टीलाई क्लब जस्तो बनाइयो'

काठमाडौं: पदाधिकारी तथा केन्द्रीय सदस्यले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वसँग पार्टी कसका लागि भन्ने प्रश्न उठाएका छन्। पदाधिकारी, केन्द्रीय समिति र जिल्ला अध्यक्षले राजपा शीर्ष नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

‘तीन महिना यता राजपाले लिएको नीति, निर्णय, विधान, कार्यक्रम कार्यान्वयन हेर्दा तपाईं ६ जना अध्यक्ष मण्डलका नेताको पद संरक्षण र सम्वद्र्धनका लागि मात्रै गठन गरिएको क्लबजस्तो देखियो', ती नेताले भने। 

‘०६२/६३ देखि सुरु भएको मधेस आन्दोलनको उद्देश्य केही नेतालाई उपप्रधानमन्त्रीदेखि गाविस अध्यक्ष बनाउनु मात्रै होइन, उनीहरूले चुनौती दिँदै भनेका थिए, ‘आन्दोलनको उद्देश्य मधेसका मुद्दालाई सम्बोधन गराउनु हो।'

०६४ सालमा जन्मिएको मधेसी जनाधिकार फोरमदेखि भर्खरै एकीकृत भएको राजपा नेतृत्वको चरित्र हेर्दा मधेसी मुद्दाका नाममा सत्ता, पैसा र शक्ति मात्रै खोजिएको आरोप उनीहरूले लगाए।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनिल झालाई केन्द्रीय स्तरका नेताले तत्काल विधान, नीति र कार्यक्रमअनुसार अघि बढ्न चुनौती दिएका छन्।

असन्तुष्ट समूहका नेता हृदयेश त्रिपाठीले साताव्यापी राजपाको बैठक वैधानिक रूपमा अघि नबढेको दाबी गरे। उनले अन्नपूर्णसँग भने, ‘पदाधिकारी, केन्द्रीय समितिलगायत बैठक ‘गेट टुगेदर' सम्म भयो।'

‘बैठकका बहुसंख्यक सहभागीले मधेसी मुद्दा स्थापित गरी राज्यबाट सम्बोधन गराउन चुनाव बहिष्कारको नीति लिएको हो भन्ने जिज्ञासा राखेका थिए', त्रिपाठीले भने, ‘पार्टी एकताका लागि बनेको अध्यक्ष मण्डल महाधिवेशनपछि पनि निरन्तरता दिनका लागि होइन, यो कुनै पदाधिकारी वा केन्द्रीय समितिको बैठक होइन, गेट टुगेदरसम्म हो।'

मधेस आन्दोलन नै गोल चक्करमा फसेको समयमा राजपाको कार्यशैली र राजनीतिमा सुधार नभए भविष्य अन्धकार हुने उनले बताए। मंगलबार अध्यक्ष ठाकुरले चुनाव बहिष्कारको निर्णय गराए पनि त्यसमा परिमार्जन हुने आफूहरूको अपेक्षा रहेको त्रिपाठीले बताए।

चुनावमा जान संशोधन: ठाकुर
राजपाका अध्यक्ष ठाकुरले चुनावमा सहभागी हुन संशोधन पारित हुनुपर्ने जिकिर गरे। उनले भने, ‘राजपाको बहिष्कारको निर्णय मधेस आन्दोलन मधेसीको बलिदानमा केन्द्रित छ।'

मोहत्तरीका संयोजक राजेन्द्र सिंहले चुनावको विकल्प नभएकोमा जोड दिँदै मधेस आन्दोलनको मुद्दाका रूपमा चुनाव हुनुपर्ने धारणा व्यक्त गरे। पर्साका संयोजक पुरुषोत्तम झाले प्रमुख तीन दल मधेसका मुद्दामा गम्भीर छैनन् भन्ने पुष्टि गराउने अवसरका रूपमा चुनावलाई सदुपयोग गर्न माग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.