पहिरोले १५ परिवार विस्थापित

पहिरोले १५ परिवार विस्थापित

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका रिभानमा मंगलबार राति खसेको पहिरोले वडा नम्बर ५ को पाथेबस्तीका १५ परिवार विस्थापित भएका छन्। पहिरोले १५ घर पूर्ण क्षति भएको डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए। पहिरोले घर पुरेपछि स्थानीय आफन्तको शरणमा पुगेका छन्।

खहरे खोला पहिलेभन्दा बढी धमिलो भएपछि गाउँले पहिरो जानुअघि नै भागेर ज्यान जोगाउन सफल भएका छन्। वर्षासँगै गाउँमाथिबाट बग्ने खहरे खोलामा राति ९ बजेतिर ठूलो आवाजमा पहिरो आएपछि भागाभाग गरेर गाउँलेले ज्यान बचाएको स्थानीय अप्सरा लामिछानेले बताइन्। रातको समयमा एक्कासि गाउँ नै छोप्ने गरी पहिरो आएपछि गाउँलेले घरका समान निकालेर लैजाने समय नै नपाएको लामिछानेले सुनाइन्।

पहिरोले स्थानीय देवीलाल लामिछानेको घर पूर्ण क्षति भएको छ । उनको गोठमा रहेको एउटा गाईको मृत्यु र पाँच सय कुखुरा रहेको फर्म बगाएको प्रहरीले बताएको छ। यसैगरी स्थानीय फोमाया विकको घर क्षति भएको र ४ वटा बाख्रासमेत मरेका छन्।

पहिरोले स्थानीय प्रवीण लामिछाने, गंगा आचार्य, सन्तुमाया लामिछाने, हिमाल भुषाल, नरबहादुर विक, कमला विक र गंगा विकको घरमा क्षति पुगेको छ। यसैगरी स्थानीय प्रल्हाद लामिछाने, डम्बर विक, खेमकुमारी विक र रेशम लामिछानेको पनि घरमा क्षति भएको छ। पहिरोले रातारात घर बगाएपछि स्थानीय एकै रातमा घरविहीन भएका छन्। दुखजिलो गरेर बनाएको घर बगाएपछि अब कसरी नयाँ घर बनाउने भन्ने चिन्ता भएको स्थानीय गौमाया विकले सुनाइन्। पहिरोले घरमा भएका लत्ताकपडा र खाद्यन्नसमेत पुरेकाले दैनिकी गुजार्न समस्या पर्ने उनले सुनाइन्।

पहिरोपीडितलाई जिल्ला प्रशासन कार्यालय कास्कीले जनही नगर १५ हजार रुपैयाँ वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी कास्कीले पहिरोपीडतलाई चामल, दाल, नुन, तले, त्रिपाललगायतका सामग्री प्रदान गरेको छ। यसैगरी माओवादी केन्द्रले पनि पहिरोपीडितलाई कम्मल र त्रिपाल वितरण गरेको छ।

पहिरोले गाउँको बाटो, कल्भर्ट र ७ वटा बिजुलीका पोलमा समेत क्षति पुर्याएको छ। पहिरो गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले पुरिएको घरबाट सरसामान निकाल्ने काम गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.