अस्ट्रेलियन शिक्षासम्बन्धी मेला

अस्ट्रेलियन शिक्षासम्बन्धी मेला

काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई आवश्यक जानकारी गराउने उद्देश्यले एईसीसी ग्लोबल कन्सल्टेन्सीले बुधबार राजधानीमा मेलाको आयोजना गरेको छ।

‘अस्ट्रेलियन एजुकेसन डे' नाम दिइएको उक्त मेलामा अस्ट्रेलियामा उच्च शिक्षा प्रदान गरिएका संस्थाका प्रतिनिधिबाट परामर्श दिइएको थियो । संस्थाका मार्केटिङ म्यानेजर शैलेस झाका अनुसार मेलाका सहभागीलाई अस्ट्रेलियमा पढाइ हुने विषय, ती विषय अध्ययनका लागि लाग्ने खर्च, पढाइ समाप्त भएपछि रोजगारीका सम्भावना र भर्ना प्रक्रियालगायत विषयमा जानकारी गराइएको थियो।

मेलाको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि लोकप्रिय गन्तव्य भए पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि समस्या भएको बताए। जेहेन्दार र आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति कोटा बढाउन नेपालस्थित अस्टेलियन दूतावाससँग अनुरोध गरिएको उनको भनाइ छ।

एईसीसी ग्लोबलले विगत ८ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको छ। झाका अनुसार मेला पोखरा र चितवनमा क्रमस: बिहीबार र शुक्रबार सञ्चालन हुनेछ। पोखरा र चितवनमा सञ्चालन हुने मेलामा पनि अस्टे«लियाका २५ भन्दा बढी उच्च शिक्षाप्रदायक कलेज तथा विश्वविद्यालयको सहभागिता रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.