टुरिजम्को अनलाइन आश्वा सेवा
काठमाडौं: टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त संकलनसम्बन्धी कार्यका लागि अनलाइन आश्वा प्रणालीको सुरु गरेको छ।
धितोपत्रको सार्वजनिक निष्कासन कार्यलाई छिटोछरितो र पारदर्शी बनाई लगानीकर्ताको सहज पहुँच विस्तार गर्ने उद्देश्यले आश्वा सेवा सुरु गरिएको बैंकले जनाएको छ।
यस प्रणालीमा बैंकमा खाता खोलेका ग्राहकले इन्टरनेट बैंकिङमार्फत घरमै बसी आवेदन दिन सक्नेछन्। इन्टरनेट बैंकिङमार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी सेयर आवेदन स्वीकार गर्नेछ।