प्रभुद्वारा सटही सुविधा
काठमाडौं: प्रभु बैंक लिमिटेडले मुस्लिम समुदायको पवित्र धार्मिकस्थल साउदी अरबको मक्का मदिनामा २०७४ सालको हजयात्राका लागि साउदी रियाल सटही सेवा सञ्चालनमा ल्याएको छ।
१२ सय ५० जना नेपाली हजयात्रीलाई प्रभुले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त प्रतिहजयात्रीलाई १७ सय अमेरिकी डलर वा सोही रकमबराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ।
सटही सुविधा बुधबारदेखि १० दिनसम्म काठमाडौंको घन्टाघरस्थित काश्मिरी मस्जिदबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। प्रभु बैंकले उपलब्ध गराएको डलर' साउदी रियाल सटही सुविधालगायत बैंकद्वारा उपलब्ध गराइएका अन्य सेवासमेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीले अधिकतम लाभ लिन सक्नेछन्।