महाकाली नदीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा आवागमनमा रोक

महाकाली नदीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा आवागमनमा रोक

महेन्द्रनगर: लगातार परिरहेको अविरल वर्षापछि महाकाली नदीमा पानीको सतह बढेको छ।

पहाड र तराईमा लगातार परिरहेको अविरल वर्षाले महाकाली नदीमा पानीको वहाव बढेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार नदीमा पानीको वहाव एकलाख ७० हजार क्यूसेक पुगेको छ। बिहीबार बिहान देखी नदीमा पानीको वहाव एकलाख ७० हजार क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी भीम दाहालले जानकारी दिए।

महाकाली नदीमा पानीको वहाव बढेसंगै नेपाल–भारत जोड्ने महाकाली नदीमा बनेको शारदा ब्यारेजमा आवागमनमा रोक लगाईएको छ। भारतीय पक्षले विहीबार बिहान देखी पुलमा आवागमनमा रोक लगाएको प्रहरीले जनाएको छ। पहाडी भेगमा लगातार वर्षा भएमा नदीमा पानीको वहाव बढ्ने गरेको छ।


नदीमा पानीको वहाव एकलाख क्यूसेक पुगेपछि भारतीय पक्षले शारदा ब्यारेजमा आवागमनमा रोक लगाउदै आइरहेको छ। ‘बिहानै देखी भारतीय पक्षले चार प्राङ्ग्रे सवारीमा रोक लगाईएको छ’ डीएसपी दाहालले भने, ‘पैदल यात्रुलाई जान दिईएको छ, तर अत्यावश्यक सवारीलाई भने जानमा खासै रोक लगाइएको छैन्’।

प्रहरीले लगातार वर्षा हुन थालेपछि जिल्लाभरीमा सुरक्षा सर्तकता अपनाएको छ । नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित बस्न आग्रह गरिएको छ भने, प्रहरीका युनिटहरुलाई समेत तयारी अवस्थामा राखिएको प्रहरी प्रवक्ता डीएसपी भीम दाहालले बताए । ‘ लगातार परिरहेको वर्षाले बाढी आउने सम्भावना रहेकाले सचेत बनाएका छौं’ उनले भने,‘ सबै क्षेत्रमा उद्वारका लागि तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको छ’।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.