अधिकृत कुट्नेलाई कारवाहीको माग गर्दै उपमहानगरपालिकाको कामकाज पाँचदिनदेखि ठप्प

अधिकृत कुट्नेलाई कारवाहीको माग गर्दै उपमहानगरपालिकाको कामकाज पाँचदिनदेखि ठप्प

जनकपुरधाम : विकास निर्माणको कार्यको स्थलगत अनुगमनको क्रममा जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयले कुटपिट गरेको विरोधमा विगत पाँच दिनदेखि कर्मचारीले उपमहानगरपालिकाको कामकाज ठप्प गरेका छन् ।

साउन १७ गते शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसँग एकीकृत शहरी विकास आयोजना अन्तर्गत नगरक्षेत्रमा भइरहेको निर्माण कार्यको स्थलगत अनुगमनको लागि मुरली चोक पुगेका बेला स्थानीयले कार्यकारी अधिकृत अजुर्न सुवेदीमाथि हातपात गरेका थिए । मन्त्री साहले अनुगमनको क्रममा सरोकारवाला कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइरहेको बेला कार्यकारी अधिकृत सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसेको देखेपछि स्थानीय सतिश झाले उनलाई गाडीबाट उत्रिन भन्दै हातपात गरेको कर्मचारीहरुको भनाई रहेको छ ।

मन्त्री सामुनै कार्यकारी अधिकृतलाई हातपात गर्नेलाई कार्वाहीको माग गर्दै कर्मचारीहरुले उपमहानगरपालिका कार्यालय बन्द गरेपछि सेवाग्राहीलाई समस्या परेको छ । यता, उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएपछि स्थानीय प्रशासनले हातपात गर्ने झा माथि सार्वजनिक अपराध मुद्दा दर्ता गरेको हो । झालाई प्रहरीले नियन्त्रणमा लिन खोजेपनि उनी आफ्नो घरमा नभेटिएको प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।

झालाई बिना कारण झुठो मुद्दामा फसाउन खोजिएको र उनले कार्यकारी अधिकृत सुवेदीलाई मन्त्रीको निर्देशन सुन्न आग्रह मात्र गर्दा सुवेदीले हातपातको आरोप लगाएको भन्दै मुरली चोकका बासिन्दाले बिहीबारदेखि सो क्षेत्रमा सडक जाम गर्दै टायर बालेर प्रर्दशन गरेका छन् ।
सो क्षेत्रका बासिन्दाले तीन सुत्रीय माग राख्दै सडक अवरुद्ध गरेका हुन् ।

स्थानीय सतिश झा विरुद्धको सार्वजनिक अपराध मुद्दा फिर्ता हुनुपर्ने, कार्यकारी अधिकृतको सरुवा र सडक मर्मतको माग गर्दै स्थानीयले प्रर्दशन सुरु गरेका हुन् ।सडक निर्माणको नाममा मुख्य बाटोमा खानेपानी संस्थानद्धारा खाल्डो खनेर करिब दुइसातादेखि अलपत्र छाडिएको र यस विषयमा गुनासो गर्दा सरोकारवाला कार्यालयका प्रमुखले एकअर्कामाथि दोषारोपण मात्र गर्ने अवस्थामा यदि स्थानीयले आक्रोश पोखे भने तिनलाई हातपातको आरोप लगाउने काम निन्दनीय रहेको स्थानीय नन्दकुमार झाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.