मुस्लिम समुदायका १३० जनालाई गृहमन्त्रीले पठाए साउदी
काठमाडौं : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिदाई गरेका छन् । मन्त्री शर्माले बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा हज यात्रीहरुलाई बिदाई गरेका हुन ।
एयर अरेबियाको विमान मार्फंत बिहिबार १३० जना मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ लागेका छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ । कुल संख्या मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछि नेपाल फर्कनेछन् ।