स्कुल बसको ठक्करबाट बालकको मृत्यु

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

राजविराज: विद्यार्थी ओसार्ने क्रममा स्कुल बसको ठक्करले बिहीबार बिहान सप्तरीमा एक बालकको मृत्यु भएको छ।

सुरुङ्गा नगरपालिका ८ स्थित कडरबोनाको भित्री सडक खण्डमा ना.३ ख १६२९ नम्बरको स्कुल बसको ठक्करले धर्म साहका ६ बर्षीय छोरा निश्चलको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

सुनौलो बोर्डिङ्ग ईङ्गलिस स्कुलमा एल के जीमा अध्ययनरत उनलाई आफ्नै स्कुलको बसले ठक्कर दिएको हो। बालकको शव राउ स्मारक अस्पताल लहानमा राखिएको र ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय कडरबोनामा नियन्त्रणमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.