पर्वतारोहण संघको निर्वाचन: एनएमए सहकार्य गर्न तयार

पर्वतारोहण संघको निर्वाचन: एनएमए सहकार्य गर्न तयार

काठमाडौं: नेपाल पर्वतारोहण संघको २०७४ साउन २१ गते सम्पन्न निर्वाचनमा धाँदली भएको भनी लगाएको आरोपको संघले खण्डन गरेको छ।

७२ घण्टापछि मंगलबार प्रत्यासी टोलीले पत्रकार सम्मेलन गरी लगाएको आरोपको कुनै अर्थ नभएको भन्दै भ्रममा नपर्न विज्ञप्ति मार्फत सबैमा अनुरोध गरेको छ।

सचिव टिकाराम गुरुङ्गद्धारा हस्ताक्षरित विज्ञप्तीमा तथ्यहिन, आधारविहिन जर्वरजस्ती आरोप लगाएर सिंगो पर्यटन क्षेत्रलाई धमिल्याउन खोजेको उल्लेख गरेको छ। नेतृत्व सुनिश्चित गर्न लोकतान्त्रिक पद्धतीलाई अपनाइ सन्त वीर लामा सहितको पर्यटन व्यवसायी निर्वाचीत बने पनि स्वीकार गर्न नसक्नुनै कम्जोरी भएको भन्दै यस्ता झुटा आरोप नलगाउन अनुरोध गरेको छ।

मतदाता, आरोही, गाइड, मजदुर, पर्यटन व्यवसायी, पर्यटन विज्ञ र सम्पुर्णमा निर्वाचनको बिषयमा स्पष्ट भएको र निर्वाचन मण्डलले पनि स्पष्ट पारेको गुरुङले बताए । आउने दिनमा एनएमए सबैको सहयोग आवस्यक रहेको भन्दै सहयोग र सहकार्य गर्न अनुरोध गरेका छन् ।

संस्थाको वहालवाला कोषाध्यक्ष कार्यलय प्रवेश गर्दा आपक्ति जनाउनु, सेवाग्राहीको काम गर्दा आपत्ति जनाएकोमा दुख लागेको बताए। चार जना व्यवसायी मित्रहरुले चार सय रुपैयाँ रकम छाडेर कार्ड लिई दिन अनुरोध गरे पछि सो कार्ड लिदाँ धाँदली गरेको भन्ने कुनै आधार नभएको विज्ञप्तीमा उल्लेख गरेका छन्।

संघले संस्थाको एतिहासीक दस्तावेज अनुमती विना संस्थाको मर्यदालाई तोड्दै वाहिर ल्याएकाले छानविन गरी आवस्यक कारवाही थाल्ने बताए।

निर्वाचन समिति विजयी भएको रिपोर्टमा जिम्वा जाङवु शेर्पाले हस्ताक्षर गरी स्वीकार गरी सकेकाले धाँदलीको आधार नहुने संघले जनाएको छ। शेर्पाले भने मंगलबार पत्रकार सम्मेलन आयोजना गरी धाँदली भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.