ढुंगा लागेर वेलायती युवतीको मुस्ताङमा निधन
जोमसोम : मुस्ताङ भ्रमण गरेर फर्कने क्रममा २२ बर्षीया वेलायती युवती चार्लोट इमा क्याथरिन फुफुर्लेटोनको निधन भएको छ ।
मुस्ताङको थासाङ गाउपालिकाको वडा नम्बर ४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी ती युवतीलाई लेतेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुरयादा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पासपोर्ट नम्बर ५१७७४९८४८ हो । उनको समूहमा दाजू र भरिया थिए ।
घोप्टेभीरमा पहिरो गएका कारण बिहान ८ बजेदेखि नै बाटो अवरुद्ध रहेको वेला ती युवतीको समूह दिउसो ३ बजे सो स्थानमा पुग्दा ढुंगा लागेर घाइते भएको र प्राथमिक स्वास्थ्य केन्द्रमा पुरयाउँदा मृत्युको घोषणा गरिएको प्रहरी निरिक्षक मित्र आचार्यले जानकारी दिए ।
प्रतिकुल मौसमका कारण जोमसोममा दुई दिनदेखि हवाई जहाज आवत जावत हुन सकेको छैन । पहिरोका कारण यातायातका साधन पनि सञ्चालन हुन सकेका छैनन् ।