राजपालाई स्वराजको सुझाव: चुनावमा जानुहोस्
काठमाडौं: नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले राष्ट्रिय जनता दल नेपालका शीर्ष नेताहरुलाई स्थानयि निर्वाचनमा जान सुझाब दिएकी छन्।
दुई दिने नेपाल भ्रमणमा आएकी विदेश मन्त्री स्वराजले मधेसका मुद्दाको संवोधनका लागि पनि प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत रहेको स्थानीय चुनवामा सहभागि हुनु पर्ने सुझाब आफूहरुलाई दिएको एक शीर्ष नेताले बताए।
भेटको लागि राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवसहितका नेताहरु होटल सोल्टी पुगेका थिए।
वार्तामा नेपालमा संविधान संसोधनको मुद्दा, राजपाले उठाईरहेको मागहरु र निर्वाचनको विषयमा छलफल भएको एक शीर्ष नेताले अन्नपूर्णलाई जानकारी दिए। उनले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने,‘ भारत संविधान संसोधन र राजपा निर्वाचनमा जानु पर्ने पक्षमा रहेको धारणा राखेकी थिईन्।
उनको भनाई उदघृतगर्दै ती नेताले भने,‘ आफूले संविधान संशोधन र राजपाको चुनावमा सहभागिताका बिषयमा वार्ता गरेको छु । प्रधानमन्त्री शेरबहादुर देउवा तपाईहरुको माग पूरा गर्न प्रतिवद्ध हुनुहुन्छ।'
राजपाका नेताहरुले वर्तमान गठबन्धन सरकारले आफ्नो माग पूरा नगरेको गुनासो राख्दै आफुहरुले यसभन्दा अघि भूकम्पछिको पुनर्निमार्ण सम्मेलनका समयमा पनि तपाईसंग संविधान निर्माणमा मधेसलाई अलग्याएको जानकारी दिदै मधेसलाई राज्यसत्ताले अलग गर्न खोजको बिषयमा स्मरण गराएका थियौं।
संविधान जारीदेखि अहिलेसम्म मधेसको माग पूरा नभएकोले संविधान संशोधनबीना आफुहरु चुनावमा जान नसक्ने धारणा मधेसवादी नेताहरुले राखेको स्रोत बताउछ। स्वराजले शुक्रबार अन्य राजनीतिक दलका शीर्ष नेताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोत बताउछ ।