नबिलको नाफा तीन अर्ब ६२ करोड !

नबिलको नाफा तीन अर्ब ६२ करोड !

 

काठमाडौं : नबिल बैंकले आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको वित्तीय विवरण सार्वजनिक गरेका १३ वटा बैंकमध्ये नबिल बैंकको नाफा सबैभन्दा बढी हो ।

कृषि विकास बैंकको नाफा पौने तीन अर्ब पुगेको छ । ग्लोबल आईएमईको नाफा पनि दुई अर्बभन्दा बढी छ । बाँकी १० बैंकको नाफा भने एक अर्बभन्दा माथि छ । २८ वाणिज्य बैंकमध्ये हालसम्म १३ वटाले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । लगानी बढाएका कारण नाफामा पनि सहयोग पुगेको बैंकहरूको भनाइ छ ।

अघिल्लो आवमा दुई अर्ब ८१ करोड नाफा कमाएको नबिल बैंकको नाफा २८ दशमलव ४२ प्रतिशतले बढेर गएको वर्ष तीन अर्ब ६२ करोड पुगेको छ । कृषि विकास बैंकको नाफा अघिल्लो आवको तुलनामा ३१ करोड तीन लाखले बढेर दुई अर्ब ७७ करोड पुगेको छ । यस्तै ग्लोबल आईएमईले पनि यस वर्ष ४७ दशमलव ४५ प्रतिशतले नाफा बढाएर दुई अर्ब तीन करोड ८१ लाख पुर्‍याएको छ ।

गत आवमा १३ वटा वाणिज्य बैंकले २२ अर्ब ५ करोड रुपैयाँ नाफा गरेका छन् । यो नाफा अघिल्लो आव बैंकहरूले गरेको नाफाको तुलनामा करिब ३० प्रतिशतले बढी हो । गत आवमा १३ वटा वाणिज्य बैंकले १६ अर्ब ९६ करोड ९८ लाख नाफा गरेका थिए । प्रभु एनएमबी, एनआईसी एसिया, प्राइम कमर्सियल, सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धार्थ बैंकको नाफा अघिल्लो वर्ष र गत वर्ष अर्बभन्दा बढी छ ।



कृषि विकास बैंकको नाफा पौने तीन अर्ब पुगेको छ । ग्लोबल आईएमईको नाफा पनि दुई अर्बभन्दा बढी छ । बाँकी १० बैंकको नाफा भने एक अर्बभन्दा माथि छ ।

गतवर्ष अर्ब नाफा कमाउने बैंकको सूचीमा सानिमा, लक्ष्मी र सनराइज बैंक परे पनि अघिल्लो वर्ष उनीहरूको अर्बभन्दा मुनि थियो । बैंकहरूले नाफा बढाउँदै लगे पनि बढेको पुँजी र त्यस अनुपातमा नाफा कमाउन नसकेको नेपाल बैकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘आकारमा नाफा बढेको छ । तर प्रतिसेयर आम्दानी बढ्न सकेको छैन,' उनले भने, ‘१० प्रतिशत नाफा बाँड्न अब सवा अर्ब कमाउनुपर्छ ।'

पहिला जस्तो २०/२२ प्रतिशत प्रतिसेयर आम्दानी बाँड्न सक्ने अवस्थामा बैंकहरू छैनन् । पुँजी वृद्धि भएकाले नाफा बढे पनि बैंकहरूले पहिलेकै अवस्थामा प्रतिसेयर आम्दानी बाँड्न नसक्ने भएका हुन् । चुक्ता पुँजी बढेको केही वर्षसम्म यस्तै अवस्था रहने उनको भनाइ छ । बैंकको नाफा अवस्था


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.