सप्तरीका बाढीपीडितलाई क्षतिपुर्ति दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन नष्टको तत्काल क्षतिपुर्ति दिन निर्देशन दिएका छन्।
बिहीबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिदै बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । बिहीबार सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिकाको वडा नम्वर १५ मा धनजनको क्षति भएको छ । त्यहाका केही घरहरु ढुवानमा परेका छन्।
प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढीको पुर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्तीहरु स्थानान्त्रण गर्न पनि निर्देशन दिएका छन् ।