बर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु

 बर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु

बागलुङ : बागलुङ जिल्लाको गलकोट नगरपालिका वाड नम्बर ९ बडागाउमा शुक्रबार बिहान अविरल बर्षाका कारण घर भत्किदा दुई जनाको ज्यान गएको छ । बिहान करिब २ बजेको समयमा घर पछाडीपट्टीको गाह्रो भत्किदा पुरिएर ७५ वर्षीय जयलाल विक र उहाँका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घरमा जयलाल सहित उहाँका नाति बस्दै आइरहेका थिए । बिहीबार राति ११ बजेसम्म विवेक आफन्तकहाँ टेलिभिजन हेरेर फर्केका थिए । बिहान अबेर सम्म पनि घरमा दुवै जना नउठेको देखेपछि आफन्तले हेर्ने क्रममा पुरिएको अवस्थामा देखेको स्थानीय प्रदिप सुनारले बताए । स्थानीय र प्रहरीको सहयोगमा निकालिएको जयलाल र विवेकको शव पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वाथ्य केन्द्र हरिचौरमा लगिएको छ ।

Image may contain: one or more people and shoesयसैबिच गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहत स्वरुप ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहत स्वरुप ३० हजार प्रदान गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.