चिरपट प्रहार गरेर श्रीमतीको हत्या

चिरपट प्रहार गरेर श्रीमतीको हत्या

परासी : नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन्।

घरमा मदिरा सेवन गरेर बसेका दुवैजनाबीच घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय धनबहादुरले श्रीमतीमाथि चिरपट प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ।

चिरपट प्रहार गरेपछि बेहोस बनेकी श्रीमतीलाई धनबहादुरले विस्तारामा सुताएर राखेका थिए। शुक्रबार बिहान श्रीमती नउठेको भन्दै हो हल्ला गरेपछी छिमेकी घरमा जम्मा भएका थिए। टाउकोमा चोट देखेपछि छिमेकीहले प्रहरीलाई खबर गरेका थिए। प्रहरी समक्ष धनबहादुरले हत्या गरेको स्वीकारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.