मनसुन बिहीबारदेखि सक्रिय
काठमाडौं (अन्नपूर्ण): एक सातादेखि कमजोर बनेको मनसुन बिहिबार दिउसो २:१० बजे देखि पुन: सकृय भएको छ। पूर्वी र मध्य नेपालका सबैजसो स्थानमा मध्यम बर्षा शुरु भएको छ। मध्यभुभागको तराई र महाभारतसम्मको क्षेत्रदेखि पूर्वी नेपालको तराई र महाभारतसम्म शुक्रबारसम्म भारी बर्ष हुने विभागले अनुमान गरेको छ।
जल तथा मौसम विज्ञान विभागले उच्च सर्तकता अपनाउन बिषेश वाढी पुर्वसूचना बुलेटिननै प्रकाशन गरेको छ। पुर्वको कन्काइ, कोशी, कमला मध्य भुभागको बागमती, पुर्वराप्ती नदीमा सर्तकता अपनाउनु पर्ने जनाएको छ।
शुक्रबारसम्म निरन्तर बर्षा हुने भएपछि तराईको मेची, निन्दा, विरिङ, पथरी, त्रियुगा, रातु, खांडो, गागन, लालबकैया नदि आसपासमा उच्चजोखिम बढेकाले सर्तकता अपनाउनु पर्ने वाढी पुर्वनुमान शाखाका प्रमुख राजेन्द्र शर्माले बताए।
कम्जोर मनसुन सकृय हुदाँ पुर्वी र मध्य भागमा वदली हुदाँ बर्षा हुने जलवायु तथा मौसम पुर्वानुमान महाशाखा एयरपोर्ट शाखाका मौसमविद शान्ति कडेंलले बताइन्।
यस बर्ष मनसुन प्रणाली नियमीत भएको छैन। कम्जोर सकृय हुने क्रम बढ्दो भए पनि यो मनसुनको अन्तिम चरण भएकाले केही समयसम्म लम्विन सक्ने बताइन। बिहिबार जनकपुरमा ७२, लुम्ले ३७ र ताप्लेजुङमा ३६ मिलीलिटर बर्षा भएको थियो।