सीमा अपराध र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा

सीमा अपराध र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा

विराटनगर: शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा चुनौतीपूर्ण मानिएको मोरङमा प्रहरीले सीमा अपराध र गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छ।

समाजमा शान्ति सुरक्षा कायम गर्ने देखि लिएर अपराध नियन्त्रण र अनुसन्धानलाई निरन्तरता दिंदै सीमा अपराध र गुण्डागर्दी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। दुई दिन अघि मात्रै मोरङ प्रहरी प्रमुख भएर विराटनगर आइपुगेका एसपी बिसीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्राथमिकताबारे बताएका हुन्।

‘मोरङ भारतसंग सीमाना जोडिएको जिल्ला हो। दुई देशको सीमा क्षेत्रमा विभिन्न प्रकारका अपराध र अपराधिक गतिविधी हुने गरेका छन्,' उनले भने, ‘त्यस्ता खालका गतिविधी नियन्त्रण गर्नु प्रहरीको मुख्य दायित्व हो। समाजलाई गुण्डागर्दी बिहीन बनाउने जिम्मेवारी पनि प्रहरीकै हो।' बिसीले सीमा क्षेत्रबाट हुने गरेका अवैध हतियार र लागूऔषध ओसारपसार, मानव बेचबिखन, अवैध मदिराको कारोवार, तस्करी, हत्या, अपहरण लगायतका अपराध नियन्त्रणमा प्रहरीले सक्रियता बढाउने जानकारी दिए।

‘विराटनगरमा विगत देखि हुँदै आएका गुण्डागर्दी नियन्त्रणका लागि कुनै पनि सम्झौता गरिने छैन,' उनले भने, ‘अब गुण्डागर्दीका माध्यमबाट समाजमा फैल्याइने आतंक, असुली, ठेक्का पट्टा कब्जा, धाक, धम्की लगायतका घटना हुने छैनन् ।'

एसपी बिसीले आफू मोरङ बसुन्जेल निष्ठापूर्वक रुपमा काम गर्ने प्रतिवद्धता जनाए। ‘यस अघि भएका राम्रा कामलाई निरन्तरता दिंदै सुधार हुन नसकेका कुरालाई सुधार्ने योजना छ,' उनले भने, ‘प्रहरीले शून्य सहनशीलतामा काम गरेर जनताको मन जित्नु पर्ने बेला आएका कारण ‘क्लिन' रुपमा काम गरेर देखाउने छु ।'

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.