लगातार पानी पर्दा सप्तरीको जनजीवन प्रभावित

लगातार पानी पर्दा सप्तरीको जनजीवन प्रभावित

राजविराज : अविरल वर्षाका कारण विभिन्न भू-भाग जलमग्न बनेपछि सप्तरीको जनजीवन प्रभावित बनेको छ। दुई दिनदेखिको वर्षाका कारण आधा दर्जन गाउँसहित राजविराज नगरपालिकाको देउरी भरुवा, डुमरी शिवथान, सिरहा रोड, खर्साल टोल, औधोगिक क्षेत्रको भू–भाग जलमग्न बनेका हुन्। खाँडो खोलाको पानी पौवा, मलेठ, बसविट्टी हुँदै राजविराजको विभिन्न टोलमा स्थानीयका घर फसेका छन्।

चुरे संरक्षित हुन नसक्दा पानीसँगै बगेर आउने गिट्टी, बालुवा भरिएर खाँडो खोलाको सतह उचो र बस्ती होचो हुँदै गएकाले ओभरफ्लो भई पानी बजार क्षेत्र प्रवेश गरेको छ। नगर क्षेत्रमा ढल निकास नहुनु, चुरे संरक्षण नहुनु, गुणस्तरहिन बाँध बनाउनु र भएका खोलानालासमेत स्थानीयले कब्जा गरेर बाँध निर्माणमा अवरोध पुर्‍याउनाले डुबानको समस्या बर्षेनी बढ्दै गएको स्थानीयको गुनासो छ।

उता खाँडो खोलामा बढेको पानीले पश्चिमी बाँध टुटेपछि डुमरी शिवथान, बिरौल, पकरी, देउरी भरुवा, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर कंकालिनीको मुसहरी टोलका पाँच सय घरहरु डुबानमा परेका छन्।

बुधबारदेखि नै पूर्वी पहाडी क्षेत्रमा अविरल पानी परेपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले खाँडोसहित महुली, जिता, बान्द्रा खोला र सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। सप्तकोशी नदीमा जलस्तर बढ्दै गएकोले कोशी ब्यारेजको ५६ मध्ये ३१ ओटा ढोका खोलिएको छ। यस्तै टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयवासिन्दाहरु सुरक्षित गन्तव्यतर्फ जान थालेका छन्।

देउरी भरुवास्थित पश्चिमतर्फको बाँधको डिल बाँध्ने काममा सुरक्षाकर्मीलाई सहयोग गरिरहेका बेला पानीको भेलमा बेपत्ता भएका स्थानीय ६० वर्षीय डोमी यादवको अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। बाँध बाँध्ने क्रममा पाइलिङ्ग ठोकिरहेका बेला बाँधको माटोको ढिस्को झरी यादवलाई बिहीबार पुरेर बेपत्ता बनाएको थियो।

सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको उद्धार टोलीले बेपत्ता भएका यादवको खोजी कार्य बिहीबार साँझदेखि जारी राखे पनि हालसम्म फेला पर्न सकेको छैन। डुङ्गासहित नेपाली सेना, नेपाल प्रहरी र नेपाली सेनाको टोली र गोताखोरले खोजी कार्य अझैं जारी राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.