किर्तिपुरमा बि.आई.ए फाउन्डेशनको नयाँ शाखा
काठमाडौं: बि.आई.ए फाउन्डेशनले आफ्नो नया शाखा किर्तिपुरमा विस्तार गरेको छ। शुक्रबार आयोजित कार्यक्रमका बीच यस संस्थाका संस्थापक अध्यक्ष छोग्याल रिम्पोछेले बिस्तारित शाखाको उद्घाटन गरे।
उक्त शाखा बिस्तारको क्रममा लामो समयदेखि अपाङ्गता क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेशनको सहकार्यमा सञ्चालन भएको छ।
एक गैर सरकारी सामाजिक संस्था बि.आई.ए फाउन्डेशन बिगत ३ बर्ष देखि विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न हस्तकला सम्बन्धि सिपसिकाई आत्मनिर्भर बनाउने संस्थाको मुल उद्देश्य रहेको छ।
हाल जोरपाटिमा १०० जना भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न १२ वटा विधामा सीप सिकाई रहेको र यस संस्थाले हालै बिस्तारीत किर्तिपुर शाखामा भूकम्प पछि विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकताका साथ लिई अन्य बिभिन्न किसिमकाअपाङ्गता भएका व्यक्तिहरु सहित ५ बिधामा जम्मा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने गरिएको छ।