सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च

सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च

सुनसरी: लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयवासिन्दा रुष्ट बनेका छन्।

पानीको बहाब प्रति सेकेण्ड २ लाख ६३ हजार एक सय ३३ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताए। उनका अनुसार भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ वटा मात्र ढोका खुल्ला गरिएको छ। पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा पाँचदिन देखि खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।

सप्तकोसी नदीमा शुक्रवार बिहान प्रतिसेकेण्ड २ लाख ५० हजार ४० क्युसेक पानीको बहाव मापन गरिएको भएपनि दिउँसोबाट अझ बढ्दै गएको एसपी माझीले बताए। सप्तकोसीमा पानीको बहाव उच्च भएका कारण सुनसरीको बराहा नगरपालिका स्थित श्रीलंका टापुका बासिन्दाहरुलाई आवतजावतमा समस्या परेको महेन्द्रनगरका रमेश घिमिरेले बताए। यतिबेला कोसी प्रभावित क्षेत्रका बासिन्दाहरु त्रसित देखिन्छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सप्तकोसी नदीबाट तत्काल कुनै खतरा नरहेको बताए। उनले कोसी प्रभावित क्षेत्रमा हुने संभावित घटनालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अबस्थामा राखिएको बताए।

सप्तकोसीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बल्ने गर्छ। २०६५ भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख ६८ हजार क्युसेक रहेको थियो । सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका साविकका गाविसहरु श्रीपुर, हरिपुर, पश्चिम कुसाहा, लौकहीका हजारौ बासिन्दा घरबारविहीन भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.