अस्पताल लैजादै गर्दा असईको मृत्यु

अस्पताल लैजादै गर्दा असईको मृत्यु

गमगढीः सशस्त्र प्रहरी त्रिपुरा गणमा कार्यरत एक सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को उपचार गर्न जिल्ला अस्पताल लैजादै गर्दा मृत्यु भएको छ।

स्थानीय निर्वाचनमा सुरक्षार्थ अस्थाई सुरक्षा बेस क्याम्प मुगुमा खटिएका सशस्त्र प्रहरीका असई सुर्खेत रामघाट स्थाई घर भएका ३९ बर्षीय ऐन बहादुर बुढाको मृत्यु भएको हो। शुक्रबार बिहान ७ बजे पानी खान लाग्दा बेहोस भई एक्कासी ढलेका थिए। त्यसपछि उनलाई नजिकै रहेको जिल्ला अस्पताल ठिनीमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी त्रिपुरा गण कोहलपुरमा कार्यरत प्रहरी नायब उपरीक्षकको कमाण्डमा एक टोली स्थानीय निर्वाचनको सुरक्षार्थ मुगु जिल्लामा खटिएको थियो। मृतकका आफन्तको अनुमतिमा जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शवलाई नेपाली सेनाको हेलिकप्टर मार्फत परिवारलाई शुक्रबार नै बुझाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.