प्रहरीका सूचक नै असुरक्षित !

 प्रहरीका सूचक नै असुरक्षित !

भक्तपुर: प्रहरीलाई शान्ति सुरक्षाको सम्बन्धमा सूचना दिनेहरुले प्रहरीकै कारण आफूहरु असुरक्षित भएको गुनासो गरेका छन्।उनीहरुले प्रहरीबाट आफ्नोबारेको सूचना चुहिँदा आफूहरुले आपराधिक मनोवृत्तिका व्यक्तिहरुबाट उल्टै धम्की खानुपरेको गुनासो गरेका हुन्।

प्रहरीबाट सूचकको गोप्यता कायम नहुनु दुर्भाग्य भएको उनीहरुको भनाइ थियो।‘सूचना पाएको प्रहरीभन्दा पहिले सूचना दिएको व्यक्तिबाट धम्की पाउँछौं', महानगरीय प्रहरी वृत्त ठिमीले शुक्रबार गरेको नागरिक सुनुवाइमा उनीहरुले भने, ‘प्रहरीले सूचकको गोप्यता राख्छ भन्ने विश्वासको आधार हामीले प्रहरीलाई सूचना दिएका हौं। गोप्यता भंग गर्ने प्रहरीले कसरी शान्ति सुरक्षाको प्रत्याभूति हुन्छ?'

केही गलत प्रवृत्तिका प्रहरीकै कारण अधिकांश नागरिकहरुलाई प्रहरीमाथि विश्वास र भरोषा नभएको उनीहरुको भनाइ थियो।उनीहरुले प्रहरी चौकीमा नयाँ प्रमुख आएको तीनचार महिना काम भएजस्तै भए पनि पाँचछ महिना भएपछि प्रहरीकै सेटिङमा जुवातास खेलाउने, भट्टी चलाउन दिने जस्ता कृयाकलाप हुने गरेको समेत गुनासो गरे ।

कार्यक्रममा सहभागी महिलाहरुले प्रहरी अगाडि नै महिला हिंसा हुने प्रमुख कारण मादक पदार्थ सेवन गर्ने भट्टी र जुवाघरहरु खुले पनि त्यसको नियन्त्रणमा ध्यान नदिइएको आरोप लगाए ।

‘मादक पदार्थ सेवन गर्ने भट्टीहरु जताततै खुलेकै कारण घरघरमा महिलामाथि हिँसा हुँदै आएका छन्’, चाँगुनारायण नपा २ का नसससमेत रहेकी सकिला थापाले भनिन्, ‘मादक पदार्थ खाने भट्टी सञ्चालन गर्ने स्वीकृति कसले दिन्छन् ?’

चाँगुनारायण नपा २ का जनप्रतिनिधिहरुले प्रहरीकै मिलोमतोमा साविक दुवाकोट र झौखेल गाविसबाट बालुवाको चोरीनिकासी भइरहेको आरोप लगाए।कार्यक्रममा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले प्रहरी एक्लैले केही पनि गर्न नसक्ने भएकाले सबै एकजुट भएर शान्ति र सुरक्षाको लागि कार्य गर्नुपर्ने बताइन्।

उनले गाई मारेकोदेखि मान्छे मारेको घटनासम्ममा प्रहरी लाग्नुपर्दा कानुनले जिम्मेवारी तोकेका धेरै क्षेत्रमा हेर्न नसकिएको स्वीकार गरिन्।बालुवा चोरी निकासीमा प्रहरीको संलग्नताबारे धेरै गुनासो आएपछि पछिल्लो समय प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा पाँच जना प्रहरीको नियमित गस्ती परिचालन गर्दै आएको उनले जानकारी दिइन्।

‘प्रहरीलाई फोनमात्रै गरेर भएन। चोरी निकासी भइरहेको छ, आपराधिक गतिविधि भइरहेको भने ठाउँको ठाउँ समाउनुस् र मलाई फोन गर्नुस्, म तत्काल प्रहरी पठाउँछु', प्रहरी उपरीक्षक राणाले भनिन्, ‘अपराध रोक्नु, गैरकानुनी काम रोक्नु प्रत्येक नागरिकको दायित्व पनि हो।'

कार्यक्रममा महानगरीय प्रहरी वृत्त ठिमीले एक वर्षमा अपराध न्यूनीकरणमा पाएको उपलब्धिबारे वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले कार्यपत्र प्रस्तुत गरेका थिए।उनले मध्यपुर थिमी क्षेत्रमा अपराध नियन्त्रण गर्न महत्वपूर्ण १६ स्थानमा सीसीटीभी क्यामरा जडान गरेको र त्यसबाट अपराध तथा चोरी डकैटी नियन्त्रणमा सघाउ पुगेको जानकारी दिए।

प्रनाउ ओलियाले भक्तपुर काठमाडौं ६ लेन सडकमा हुने दुर्घटना न्यूनीकरण गर्नसमेत आफूहरुको सफल भएको बताए।कार्यक्रममा वृत्तको कार्यक्षेत्र परेको मध्यपुर थिमी नपा, चाँगुनारायण नपा १, २ तथा सूर्यविनायक नपा १ देखि ५ वडाका जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.