वनका कार्यक्रम रोकिए

वनका कार्यक्रम रोकिए

काठमाडौं : वन विभागले वन विकाससम्बन्धी कार्यक्रमका लागि काम नगर्न जिल्ला वन कार्यालयहरूलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण काम नगर्न सबै जिल्ला वन कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता ईश्वरी पौडेलले जानकारी गराए ।

अर्थले ५७ करोड बजेट कटौती गरी स्थानीय तहमा पठाएपछि अर्को निर्णय नभएसम्म काम नगर्ने निर्णय विभागले गरेको हो । यससँगै साउन लागेदेखि नै सञ्चालन गर्नुपर्ने सामुदायिक वन विकास कार्यक्रम, जडीबुटी विकास कार्यक्रम, वृक्ष सुधार कार्यक्रम रोकिएका हुन् । वृक्ष उमार्ने, रोप्नेजस्ता काम साउनदेखि नगरे दोस्रो र तेस्रो चौमासिकमा पूर्णता दिन नसकिने भएकाले कति मात्रामा कार्यक्रम अघि बढाउने भन्ने टुंगो लागिनसकेको प्रवक्ता पौडेलको भनाइ छ ।

अर्थले बिनापरामर्श बजेट कटौती गरेको भन्दै विभागले तत्काल ‘संशोधन निर्णय' दिन माग गरेको छ । अर्थ स्रोतले भने विनियोजित बजेट स्थानीय तहमा पठाइसकिएका कारण रकम थप गर्न सम्भव नभएकाले कार्यक्रम कटौती गर्नुको विकल्प नरहेको जनाएको छ । स्रोतका अनुसार कार्यक्रममा प्रतिइकाइ लागत रकम न्यून हुँदा काम गर्न सम्भव छैन ।


अर्थ मन्त्रालयले ५७ करोड बजेट कटौती गरी स्थानीय तहमा पठाएपछि वन विकाससम्बन्धी कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।

एउटा वन कार्ययोजना बनाउन आवश्यक माग रकम १० हजार भए पनि एक हजार नौ सय मात्र प्राप्त भएको पौडेलको भनाइ छ । वन विकास कार्यक्रमका लागि २३ करोड बजेट स्वीकृत भए पनि १० करोड र वृक्ष सुधार कार्यक्रममा दुई करोड कटौती भएको उनले बताए ।

स्थानीय तहले वन विकासका कार्यक्रम माग नगरे पनि बजेट पठाइएपछि के-के कार्यक्रम गर्ने भन्ने प्रस्ट भइसकेको छैन । विभागले सामुदायिक र कबुलियती वनको वृक्ष सुधारका लागि स्थानीय तहमा पठाउने र राष्ट्रिय वन मात्र वन कार्यालयले हेर्ने भने पनि निर्णय हुन सकेको छैन । आगलागी नियन्त्रण, सामग्री खरिद र तालिममा रकम अपुग भएको छ । करार कर्मचारीको तलब, भत्ता, वन बीउ बगैंचा कार्यक्रमका हेरालुको भक्तासमेत कटौती भएको विभाग स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.