भदौभित्र लेखापरीक्षण नगरेर सबै रकम बेरुजु

भदौभित्र लेखापरीक्षण नगरेर सबै रकम बेरुजु

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले नागरिक लगानी कोषलाई भदौसम्म दुई आर्थिक वर्षको लेखापरीक्षण नगरे कोषमा संकलिन सबै रकम बेरुजु लेखिदिने चेतावनी दिएको छ । महालेखाको सो चेतावनीसँगै यति बेला भदौसम्म दुई आर्थिक वर्षको लेखापरीक्षण सक्न कोषलाई दवाव परेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ को लेखापरीक्षण भदौ समान्तसम्म गरिसक्न निर्देशन दिएको कार्यालयका सहायक महालेखा परीक्षक रामुप्रसाद डोटेलले जानकारी बताए । ‘यदि कोषले कार्यालयलाई दिएको समय सीमाभित्र लेखापरीक्षण नगरी अटेर गरेमा सबै रकम बेरुजुमा राखिदिन्छौं,' डोटेलले भने । कार्यालयले कोषको दुई आवको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक पनि नियुक्त गरिसकेको छ ।

कार्यालयको यस्तो निर्देशन आएपछि कोषलाई समयमै लेखापरीक्षण जसरी पनि गर्नुपर्ने वाध्यता परेको छ । राष्ट्रिय बिमा संस्थानको जस्तै कोष पनि अहिले हिसाव मिलान गर्ने फेजमा छ । धेरै खाता र ठूलो रकमको कारोबारका साथै कार्यक्रमहरू पनि बढी भएकाले पछिल्लो समय नागरिक लगानी कोषले पनि वर्षैपिच्छे लेखापरीक्षण गराउन सकेको छैन ।

कोषले धरै कार्यक्रमहरू संचालनमा ल्याएको हुँदा हिसाव मिलान गर्न नसक्दा लेखापरीक्षण हुन नसकेको कोषका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार अर्यालले बताए । ‘अहिले कोषले रिकन्साइन गरिरहेको छ,' अर्यालले भने ‘सबै हिसाव पनि मिल्दै आएको छ ।' हामी जसरी पनि मंसिर/पुससम्म गएको आव २०७३/७४ को पनि लेखापरीक्षण गर्ने तयारीमा लागिपरेका छौं ।' ‘यो दुई वर्षको लेखापरीक्षण सकिएपछि गएको वर्षको तयारीमा लाग्ने छौं,' अर्यालले भने । अहिले कोषले एउटै खाता ‘एबीबीएस' मात्र संचालनमा ल्याएकोले पनि हिसाव मिलान गर्न सजिलो भएको अर्यालले बताए । अब रिकन्साइन हुन थोरैमात्र रकम वाँकी छ उनले भने ‘अब चाडैनै हिसाव मिलान हुन्छ ।'

त्यसो त आन्तरिक प्रक्रिया लामो र दक्ष जनशक्तिको अभावका कारण लेखापरीक्षण हुन नसकेको थिएन । कोषको हिसाव मिलान गर्न तथा समयसीमाभित्र लेखापरीक्षण गर्न कोषले चार्टर्ड एकाउण्टेन समेत नियुक्त गरिसकिएको छ । २१ प्रतिशत बोनस सेयर प्रस्ताव सहित आव २०७१/७२ को साधारण सभा समेत कोषले बोलाइ सेकेको छ । यसै आवमा गएका तीन वर्षको लेखापरीक्षण गर्ने कोषको प्रतिवद्धता छ । एकाउण्टेन नियुक्तभएसँगै कोषको सबै रकम रिकन्साइन गर्न सकिने अनुमानमा कोषले भदौ १६ गते आव २०७१/७२ को साधारणसभा पनि हो ।

२०७४ असार मसान्तसम्ममा ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकम संकलन भएको छ । कोषमा संकलित रकम मध्ये सबैभन्दा बढी कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोषमा आवद्ध १ लाख ९९ हजार सहभागीको रहेको छ । सो कोषमा ६२ अर्ब ६९ करोड ६२ लाख रुपैयाँ संचित छ । सो अन्तर्गत करिव १५ हजार ६ सय कार्यालय पनि आवद्ध छन् ।

त्यस्तै बीमा कोषमा ११ अर्ब १४ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ । निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष र राष्ट्रिय बिमा कोषका ३ लाख ७७ हजार जनाले कोषको बीमा योजनामा सहभागि भएका छन् । नागरिक एकांक योजनामा दुई हजार सत्ताइस सहभागीको एक अर्ब ५१ करोड १९ लाख, उपदान कोष योजनाका २५ हजार छ सय ६० सहभागीको १५ अर्ब १४ करोड पाँच लाख, लगानीकर्ता हिसाव योजनाका १४ हजार सहभागीको तीन अर्ब तीन करोड रुपैयाँ संकलन भएको छ । कोषका विभिन्न योजनामा ४७ हजार नौ २५ सरकारी तथा गैरसरकारी संस्था आवद्ध छन । ती संस्थाबाट छ लाख आठ हजार आठ सय ४९ को सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.