पहिरोले घर पुरिंदा एकै परिवारका चारको मृत्यु

पहिरोले घर पुरिंदा एकै परिवारका चारको मृत्यु

सिन्धुली : लगातारको वर्षाका कारण शनिबार बिहान पहिरो जाँदा कमलामाई नगरपालिका–६ मा एकै परिवारका चार जनाको ज्यान गएको छ । पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुर्गा कुमारी खड्का (२७ वर्ष), शोभा खड्का ( १५ वर्ष), अनिस खड्का(१० बर्ष) र मनिष खड्का (वर्ष ८) रहेका छन् । शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन । शुक्रबार करिव २ बजेतिर पहिरो आउँदा परिवारका चारजनालाई परेको उदयले सुनाए । ‘पहिरोले एक्कासी घर थिचेको रहेछ । मैले थाहा पाउँदा चारजना पुरिइसकेका रहेछन् ।’ उदयले भने लगातार दुई दिन देखि परिरेहको पानी सगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिदा उक्त घट्ना घट्ेको हो ।

जिल्ला प्रहरी कार्यालयले भवन बनाउदा माटो थुपारेपछि सम्भावित घट्नालाई मध्य नजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्वार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घट्ना घट्न पुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।
मृतक चारै जनाको शव जिल्ला अस्पता सिन्धुलीमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.