बबई नदीमा पानीको सतह उच्च

बबई नदीमा पानीको सतह उच्च

बर्दिया : अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह वढेको छ । २४ घण्टादेखि बबई तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा मुसलधारे वर्षाका कारण बबई नदीमा पानीको सतह बढेको हो ।

उक्त स्थानहरुमा २४ घण्टामा १५० मिलिमिटर भन्दा वढी वर्षा भएको छ । अम्वापुरमा भने सवैभन्दा बढी २८२ दशमलव २० मिलिलिटर वर्षा भएको जनाइएको छ । बबई चेपाङ्गमा पानीको सतह खतराको तह पार गरेको छ । उक्त क्षेत्रमा नदीको चेतावनी तह ५ दशमलव ५० मिटर र खतरा तह ६ दशमलव १० मिटर हो । शनिबर बिहानको मापन अनुसार बबई चेपाङ्गमा पानीको सतह खतरा तह पार गरी ६ दशमलव ६२ मिटर पुगेको छ ।


बबई भादा पुलमा पानीको सतह चेतावनी तह पार गरेको जनाइएको छ । उक्त क्षेत्रमा ७ मिटर चेतावनी तह हो । बिहानको मापन अनुसार ७ दशमलव २९ मिटर पानीको सतह पुगेको छ । भादापुलमा ८ मिटर पानीको सतहलाई खतरा मानिन्छ ।


बबई चेपाङ्गको पानी भादापुलमा आईपुग्न ६ घण्टा समय लाग्ने भएकाले त्यस क्षेत्रमा बाढी आउने सम्भावना बढेर गएको स्थानीय प्रशासनले जनाएको छ । प्रसासनले नदी तटीय क्षेत्रका वासीन्दाहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । बबई नदीमा पानीको सतह बढेसँगै बर्दियाका धेरैजसो गाउँहरु डुवानमा पर्ने जोखिम रहन्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.