बाढी र वर्षाका कारण पाँच जनाको मृत्यु, पुष्टि हुन बाँकी
इटहरी : टेंग्रा खोला र बुढी खोलामा आएको बाढीका कारण इटहरीमा पाँच जनाको मृत्यु भएको बताइएको छ । प्रहरीले पुष्टि भने गरिसकेको छैन ।
बाढी र वर्षाका कारण तरहरामा एक वृद्धको मृत्यु भएको छ ।
यस्तै बुढी खोला किनारको गैरीगाउँमा दुई परिवारका चार जनाको ज्यान गएको छ । राई परिवारका दुई बालबालिकाको र शाह परिवारको आमा छोरीको ज्यान गएको बताइएको छ । उक्त ठाउँका दुई दर्जन बढी घर बाढीले बगाएको छ ।
प्रहरी स्रोतले नै जानकारी दिएपनि मृत्यु हुनेको विस्तृत विवरण आइसकेको छैन । इटहरीसँगै रामधुनी नगरपालिकासमेत डुबानमा परेको छ । रामधुनीका अधिकांश वडाहरु डुबानमा परेका हुन् ।