छ जनाको मृत्यु भएको पुष्टि

छ जनाको मृत्यु भएको पुष्टि

विराटनगर : अविरल बर्षाका कारण विराटनगर इटहरी लगयत पूर्वका विभिन्न ठाउँमा ठूलो क्षति भएको छ भने सुनसरीको इटहरीमा मात्र छजनाको ज्यान गएको पूर्व क्षेत्रीय प्रहरीले जानकारी दिएको छ ।

इटहरी ३ गैरी गाउँकी ३० वर्षीया माला शाहा र उनकी छोरी सिठी, भोजपुर घोरेटार घर भइ इटहरी ४ मा बस्ने माला राइ र उनका ३ वर्षीका छोरा रुपेश र ८ वर्षकी छोरी रुपसनीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घरभित्र बाढी पस्दा विद्युत सर्ट भइ सुनसरी इटहरी ४ का ४० वर्षीय इश्वर सुनुवारको ज्यान गएको प्रहरले जानकारी दिएको छ । त्यसगरी इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० बर्षको देखिने राइ थरका एक ब्यक्तीको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका असइ सोम सुवेदीले जानकारी दिएका छन् ।

बाढीले बस्ती बगाएपछि हताहतीको संख्या थप बढ्ने अनुमान गरिएको छ । मोरङ र सुनसरी हुँदै बग्ने बुढी खोला, इटहरीको ट्याँग्रा खोला, मोरङको गछिया खोलामा बठुलो बाढी आएका कारण धेरै व्यक्तिको हताहती भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले पुर्व क्षेत्रमा आकाशको पानी परिरहेका कारण उद्धार कार्यमा कठिनाई भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.