पहिरो र बाढीग्रस्त क्षेत्रमा उच्च सतर्ककता अपनाउन गृहमन्त्रालयको अपिल

 पहिरो र बाढीग्रस्त क्षेत्रमा उच्च सतर्ककता अपनाउन गृहमन्त्रालयको अपिल


काठमाडौ गृहमन्त्रालयले मुलुकका बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ आफनो तर्फबाट उच्च सतर्कता अपनाउन अपिल गरेको छ । गृहमन्त्रालयका प्रवक्ता दीपक काफलेले बाढी,पहिरो र डुवानबाट जनधनको ठूलो क्षति भएको र यसबाट सार्वजनिक जीवन प्रभावित भएको बताएका छन् ।
झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके लगायतका जिल्लाहरुका बिभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।
खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ ।

‘गृह प्रशासनले नेपाल सरकारका सबै निकायहरु वीच आवश्यक समन्वय गरिरहेको छ । ‘यस कठिन घडीमा खोज,उद्धार र राहत कार्यमा सहयोग पुरयाउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ आफनो तर्फबाट सहयोग गर्न उद्योगी,व्यवसायी,सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरु,समाजसेवी र सञ्चारमाध्यम सबैमा गृहमन्त्रालय हार्दिक अपिल गर्दछ’ प्रवक्ता काफलेद्धारा जारी गरिएको सार्वजनिक अपिलमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.