बाढी र पहिरोमा परी ३० जनाको निधन

 बाढी र पहिरोमा परी ३० जनाको निधन

काठमाडौ : झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

गृहमन्त्री जनाद्र्धन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

झापाको मदना,कपनबास,बाँकेको नारायणपुरमा अप्ठयारोमा परेका मानिसहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । बाँकेको गोवरी,गावर र गन्दली पुल क्षतिग्रस्त भएको छ । बागमती सिंचाइको बाँध खतरापूर्ण अवस्थामा पुगेका कारण त्यहाँ डोजर पठाइएको गृहमन्त्रालयले बताएको छ । ‘हामीले उद्धारलाई प्राथमिकतामा राखेका छौ’गृहमन्त्री शर्माले भने ‘स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य टोली र उद्योगी व्यवसायीबाट ड्राइ फुड डुवानग्रस्त क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।’


खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ ।
गृहमन्त्रालयले मुलुकका बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ आफनो तर्फबाट उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

कहाँ कतिले ज्यान गुमाए ?

सुनसरी – ७
सिन्धुली – ४
पाँचथर – ३
मोरङ – ३
झापा – २
बारा – १
पाल्पा –१
दाङ – १
सार्लाही –१
बाके –३


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.