पहिरोले दुई वटा खानेपानीको मुहान बगाँयो

पहिरोले दुई वटा खानेपानीको मुहान बगाँयो

फिदिम : केहिदिन यताको अविरल बर्षातको कारण फालेलुङ गाँउपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान सहित जलाशययुक्त टयाङकी बगाउँदा खानेपानीको हाहाकार भएको छ । शुक्रबार विहान गएको पहिरोले फालेलुङ ३ माङ्लेबु र खोलाघारीमा सञ्चालित दुई वटा खानेपानी आयोजनाको मुहान बगाँउदा यहाँका एक सय ८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो ।

फालेलुङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष बीरविक्रम थाम्सुहाङका अनुसार गोर्खा वेलफेर स्किमले डेढ बर्ष अघि निर्माण गरेको माङ्लेबुङ खानेपानी आयोजना र दुई बर्ष अघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना शुक्रबार विहानको पहिरोले बगाएको हो । माङ्लेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ । तीन वटै स्थानको मुहान पहिरोले बगाएको हो ।

पहिरोले मुहान बगाँउदा गलथले मुहानको पानी उपभोग गर्ने ४२ घर, जुँगेडाँडा मुहानको पानी उपभोग गर्ने २२ घर र साक्सिङबोटे मुहानको पानी उपभोग गर्नेे १९ घरपरिवारमा खानेपानीको समस्या भएको हो । त्यस्तै खोलाघारी खानेपानी आयोजनाको पानी उपभोग गर्दै आएका एक सय घरले खानेपानीको अभाव झेल्नुपरेको छ ।

‘अहिले पनि मुसलधारे बर्षा भइरहेको छ,’ थाम्सुहाङले फोन सम्पर्क गर्दै अन्नपूर्णसँग भने ‘आकाशको पानी थापेर पानी खाइदैछ । छेउछाउमा भएका सबै पानीका मुहानहरु धमिलिएका छन् ।’ धारामा २४ घण्टा पानी आउने भएकाले यसअघि यहाँका स्थानीयहरुले पानी थापेर राख्ने गरेका थिएनन् । आवश्यकता परेको बेला धाराबाट नै पानी थापेर काम चलाउने भएपछि यहाँका मानिसहरुको घरमा कसैले पनि पानी थापेर नराखेकाले झन समस्या भएको स्थानीयहरु बताउँछन् ।

जिल्लाबाट निकै दुर्गम मानिएको फालेलुङको माथिल्लो क्षेत्रमा उद्धार टोली पनि अहिलेसम्म पुग्न नसकेको स्थानीयको आरोप छ । ‘गाँउपालिका जनप्रतिनिधिहरु जोखिम मोलेर गाँउ घुम्दै क्षतीको विवरण संकलन गर्दैछन्’ स्थानीय छविलाल नेपालले भने ‘पहिरो जताभावि गएकाले सडक पनि भत्किएको छ , कतैबाट पानी ल्याउने सम्भावना पनि छैन ।’

पानी परिरहेकाले अहिले नै खानेपानीको ठूलो समस्या नभएपनि पानी पार्न थालेपछि ठूलै सामस्या हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाइएपनि पानी पर्न नरोकिएकाले उद्धारमा समस्या भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.