बाढी–पहिरो पीडितको उद्धार गरी स्थानान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

बाढी–पहिरो पीडितको उद्धार गरी स्थानान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार विहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएको उनको नीजि सचिवालयले जनाएको छ ।

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.