रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे

रौतहट : देवाहीगोनाही गाउँपालिका २ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

नदी कटान क्षेत्र निरीक्षण गर्न पुगेका प्रहरी हवल्दार विद्यानन्द यादव, प्रहरी जवान राज कट्टेल समेत बाढीमा फसेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सबै उक्त गाउँपालिकाका पक्की घरमा सुरक्षित अवस्थामा रहेको तर, उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

बाढीमा फसेका सबैको उद्धारका निम्ति हेलिकोप्टरको आवश्यकता भए पनि अझैसम्म उद्धारका निम्ति हेलिकोप्टर पठाइएको छैन। बाढीमा फसेका सबैको उद्धारका निम्ति डीएसपीको नेतृत्वमा टोली पठाइएको भए पनि उद्धारमा कठिनाई भएको जिल्ल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यज्ञनिधि पोखरेलले जानकारी दिए।

लगातार तीन दिन देखिको वर्षा नरोकिएपछि नदीमा पानी बहावले रौतहटका अधिकांश गाउँ डुबानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.