चीनसँग सहकार्य गर्ने अमेरिकी चाहना

चीनसँग सहकार्य गर्ने अमेरिकी चाहना

बेड्मिन्स्टर (अमेरिका) अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ वीच टेलिफोन वार्ता भएको छ । उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता भएको हो ।
अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गईरहेको द्धन्द्ध न्युनिकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग छलफल गरेको हो । अमेरिका र उत्तर कोरियाले केही हप्तादेखि एक अर्कालाई अक्रमणको चेतावनी र चुनौती दिदै आइरहेका छन् ।

चिनियाँ राष्ट्रपति सीले कोरियाको विषयमा वार्ताको मार्फत नै राजनितिक समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । चीन परम्परागत रुपबाट नै उत्तर कोरियासँग आवद्ध र एक आपसमा असल मित्रको रुपमा रहदै आएको देश हो । तर गत हप्ता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको सत्ताविरुद्ध शृखलाबद्ध रुपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो ।

राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन संयुक्त राष्ट्र संघका राजदूत निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले सम्वाददाताहरुलाई सीसँग शुक्रबार राती टेलिफोन वार्ता हुने बताएका थिए । ‘हामी चीन र अन्य देशहरुसँग निकै नजिक भएर सहकार्य गरिरहेका छौ’ ट्रम्पले भनेका थिए ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ् शुआङ दुई पक्षलाई आफ्ना बोली र व्यवहारमा संबेदनशिल र नियन्त्रित हुन आह्वान गरेका थिए । उनले एक आपसमा बढ्दै गईरहेको तनाव कम गर्न आग्रह पनि गरेका थिए । उनले भने “आशा गरौं, प्रेम र शान्तिको बाटोबाट समस्याको समाधान गर्ने तर्फ सवै लाग्ने छन्, त्यही नै म भन्न सक्छु । ”

“आशा गरेजस्तै हुनेछ, जे हुन्छ त्यो हामीले देख्न पाउने छौं,” उनले भने ।
रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.