गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनाद्र्धन शर्मासहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएका छन् ।
देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोको चपेटामा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने क्रममा अहिले साँझ ५ बजे गृहमन्त्री, गृहसचिव, तीन सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयको दैवी प्रकोप उद्धार महाशाखाका प्रमुख र अन्य सम्बन्धित अधिकारीहरूसँग बालुवाटारमा छलफल गर्न बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ ।
बाढी पहिरोको क्रममा बिभिन्न जिल्लामा ३० जनाको निधन भइसकेको छ भने लाखौ मानिसहरु प्रभावित भएका छन् ।