तीन वर्षपछि दोहोरियो बाढी : बस्तीमा पस्यो बबई नदी

तीन वर्षपछि दोहोरियो बाढी : बस्तीमा पस्यो बबई नदी

sadak1 तुलसीपुर उपमहानगर ७ मोतीपुरमा भासिएको तुलसीपुर-घोराही सडकखण्ड।

दाङ : तीन वर्षअघि बाढीले वितण्डा मच्चाएको दाङका बस्तीमा पुनः बाढी पसेको छ। २०७१ साल साउन २९ गतेको बबई र आसपासका खोलामा आएको बाढीले बगाएकै ठाउँमा पुन शबिवार आएको बाढी प्रभाव पारेको छ।

शुक्रबार रातिदेखी भएको अविरल वर्षाका कारण शनिबार आएको बाढीले दाङमा एक जनाको मृत्यु भएको छ। घरमा बसिरहेको अवस्थामा बाढी पसेर बगाउँदा उपमहानगरपालिका १३ सिमलटारीका भगवती सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

अन्य दुईजना घाइते भएका छन्। लमही नगरपालिका ९ अमिलियाका कर्ण डागी र रिता डागी घाइते भएका छन्। जिल्लाका विभिन्न क्षेत्रका स्थानीय खोला तथा राप्ति र बबई नदीमा आएको बाढी गाउँमा पस्दा लाखौँको क्षति भएको छ। शनिबार दिन भर दाङको यातायात सेवा प्राय ठप्प भयो।

बाढीले तुलसीपुर–घोराही सडकखण्ड तुलसीपुर ७ मोतीपुरमा सडक भाँसिएको छ। सडकमा रहेका कलभर्ड खोलाले बगाउँदा सडक भाँसिएको हो। सडक भाँसिदा तुलसीपुर घोराही सडकमा सवारी चल्न सकेका छैनन्।

राप्ती राजमार्गमा विभिन्न स्थानमा अवरोध हुँदा आधा दिनसम्म सडक अवरुद्ध रहेको थियो। त्यसै गरेर तुलसीपुर लमही सडकखण्डमा रहेका खोलामा आएको बाढीले यातायात सञ्चालन आउन सकेका छैनन्।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा बाढीले २० बढी घरहरु बगाएको छ। ५० घर डुवानमा परेका छन्। वर्षाका कारण केही विद्यालयमा समेत क्षति पुगेको छ। कालाखोलामाविमा आवासीय रुपमा विद्यालयमा रहेका शारीरिक अपाङको आवास क्षेत्रमा पानी पस्दा विद्यार्थी अलपत्र परेका छन्। मावि अम्वापुर, मावि कालाखोला लगायतका विद्यालय ढुवानमा परेका छन्। जिल्लाका विभिन्न क्षेत्रका ३ सय २५ जना विस्तापित भएका छन्। उनीहरुलाई स्थानीय विद्यालय तथा सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ। मोतीपुर, कालाखोला, फुलवारी, अम्वापुर, सिमलकुना, पातुखोला, अमेलिया, बखरिया, उरहरी, गोल्टाकुरी, बेटारपुर बाँकी, सितलपुर लगायतका स्थानमा बाढीले प्रभाव पारेको छ। बबई नदी, रानीघाट खोला, पातुखोला, सिस्ने खोला, राप्ती, तुई खोलाको वाढिले असर पु¥याएको छ। यी क्षेत्रहरुमा २०७१ सालमा पनि बाढी पसेको थियो।

विगतको बाढीले प्रभावित क्षेत्रमा नै यस पटकको बाढी पसेको छ। बाढीपीडित पुनस्थतापन नहुँदै पुन पीडित भएको मोतिपुर उरहरीका तिलक बहादुर बस्नेतले बताए। प्रभावित क्षेत्रमा बाढीको अवस्था बुझन जिल्लाका जनप्रतिनिधि पुगेर स्थलगत निरीक्षण गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.