नवलपरासीको दाउन्‍ने सडक भाँसिएर पूर्वपश्‍चिम राजमार्ग अवरुद्ध

नवलपरासीको दाउन्‍ने सडक भाँसिएर पूर्वपश्‍चिम राजमार्ग अवरुद्ध

परासी: शुक्रबार रातिदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्‍ने सडक तत्काल सञ्चालनमा आउन नसक्ने भएको छ।

बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै पुन सडक भाँसिन गएपछि अवरुद्ध सडक तत्काल सञ्चालनमा आउन सम्भव नभएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

शनिबार दिउँसो बर्दघाट नजिकको एसमोडको सडक करिब ३५ मिटर ओरालोमा भाँसिन पुगेको छ। नयाँ ट्रयाक खोल्नका लागि सो स्थानमा दुई वटा डोजर र जेसिभी लगाएर कामलाई तिव्रता दिए पनि एकतर्फी सडक सञ्चालन हुन करिब ५÷६ घण्टा लाग्ने प्रजिअ रानाले बताए।

उता, नयाँ ट्रयाक बनाएपनि दुम्किवास नजिक रहेको घ्यूखोलामा लगातार पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा आउन सक्ने संभावना कम रहेको रानाले बताए। सडक अवरुद्ध भएपछि सयौं सवारीसाधनहरु दुम्किवास र बर्दघाटमा रोकिएका छन्।

पानी पर्न बन्द भए आईतबार मध्यान्हसम्म सडक सञ्चालनमा ल्याउन सकिने संभावना छ । वर्षा भइरहेमा भने सडक सञ्चालन अनिश्चित जस्तै छ। सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम भएर सञ्चालन हुने सवारी साधनहरु पाल्पा-स्याङ्जाहुँदै पोखरा भएर आवतजावत गरेका छन्।

सर्तकता अपनाउन आग्रह
लगातारको वर्षाका कारण नारायणी नदी र अन्य साना खोलाहरुका कारण जिल्लाका विभिन्न स्थानहरु डुबानमा पर्न सक्ने भन्दै जिल्ला दैविप्रकोप उद्दार समितिले सजगता अपनाउन आग्रह गरेको छ।

नारायणी नदीको बहाव बढेपनि तत्काल खतरा नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले लगातार पानी परिरहेकाले जुनसुकै समयमा पनि बाढी आउन सक्ने भन्दै सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका हुन्।

विशेष गरी जिल्लाको दक्षिणभेग बाढीबाट जोखिममा रहेको छ। त्यस क्षेत्रमा सर्तकता अपनाई तत्काल उद्दार कार्यमा खटिनका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रजिअ रानाले बताए। बाढीले केही स्थान डुबानमा परेपनि ठूलो क्षति भने नभएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.