बाढीले बारामा एकको मृत्यु, एक वृद्ध बेपत्ता

बाढीले बारामा एकको मृत्यु, एक वृद्ध बेपत्ता

बारा : बाराको स्रिमरणगढ नगरपालिका ८ कचोवा गाउँमा बाढीले घर भत्काउँदा ४५ वर्षीया गहनी पासवानको मृत्यु भएको छ। त्यसैगरी बाराको आर्दश कोसवाल गाउँपालिका रहेको रामजानकी वृद्धाश्रममा बस्ने ७० वर्षीय कर्मदेव महतो बेपत्ता भएका छन्।

लगातारको वर्षापछि आएको बाढीले विभिन्न ६ बस्ती डुबाएको छ। सबै राजमार्ग अवरुद्ध छन्। प्रहरीका अनुसार निजगढ सडकखण्ड अवरुद्ध भएको छ। बाढीले बोधवन माछागाउँमा रहेका १० बढी माछापोखरी बगाउँदा ७० लाख बराबरको नोक्सानी भएको छ।

पथलैया हेटौंडा सडकखण्डको तीन नम्बर पुलमा बनाइएको बेलीब्रिज भाँचिएको छ भने महागढीमाई नगरपालिका बलुवाटोलका २५ घर डुबानमा परेका छन्। डुबानमा रहेका सबैलाई उद्धार गरेर प्रहरीले स्थानीय एक विद्यालयमा राखेको छ।

संकटमा फसेका सबैको उद्धारका निम्ति प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.