भारी वर्षाले तीनकुने जलमग्न (फोटो फिचर÷भिडियो)

भारी वर्षाले तीनकुने जलमग्न (फोटो फिचर÷भिडियो)

काठमाडौं: शुक्रबारदेखिको निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका सडक जलमग्‍न भएको छ।

 

वर्षाको पानीको उचित निकास नभएपछि उपत्‍यकाका तिनकुने, पुतलीसडक, चाबहिल जोरपाटी लगायतका सडक जलमग्‍न भएको हो।

सरकारले तीनकुने सडकमा पानी नजम्ने गरी बनाएको भनिएको थियो। तीनकुने सडक क्षेत्रमा जम्ने पानीलाई पाइपमार्फत बाग्मतीमा पुर्याइएपनि सडकमा पानी जम्न अझै राकिएको छैन।

यो सडकमा जम्ने पानीलाई निकाशका लागि पाइप विछ्याउनमात्र ठुलो रकम खर्च गरिएको थियो तर यो सडकले अझै उचित निकाश पाउन सकेको छैन।

यसले सडकमा भएको ढलको उचित र व्‍यवस्थापन नहुँदा सडकबाटै बगिरहेको छ। साउनमा गरिएको पिच सडक पनि भत्किएर खाल्डाखुल्डीमा परिणत हुँदा पानी जमेर बाटोमा हिड्‍न सवारी साधन तथा सर्वसाधारणलाई समस्या भएको छ।

तस्बिरहरु: अन्‍नपूर्ण

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.